प्रमुख निर्वाचन आयोगलाई पार्टी वैधानिकता विवाद चाँडो टुंग्याउन प्रचण्डको आग्रह

काठमाडौं । पार्टी वैधानिकता विवाद चाँडो टुंग्याउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख निर्वाचन आयोगलाई आग्रह गरेका छन् । निर्वाचन आयोग पुगेर प्रचण्डले संविधान र कानूनका आधारमा आधिकारिक नेकपा आफूहरु भएको दावी गरेका हुन् ।

पार्टी दर्ता गर्दाको विधान, केन्द्रीय कमिटी संख्या र ती सदस्यहरुको विवरण आयोगमा भएको र त्यसैका आधारमा नेकपा र निर्वाचन चिह्न सूर्य आफूहरुको भएको उनले बताए । नेकपा विभाजन अगाडिका एक सय जनाले ११ सय बढी सदस्य संख्या पुर्‍याउँदैमा वैधानिकता नपाउने प्रचण्डले बताए । आफुहरुले दुई तिहाइ बढीको बैठक बसेर गरिएको माइन्युट बुझाएका बताउँदै वैधानिकता विवाद छिटो टुंग्याउन आयोगलाई आग्रह गरे ।

कमेन्टहरु
Loading...