नेकपाको वैधानिक विवादमा न्यायोचित निर्णय लिन्छौँ: प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वैधानिकता विवाद निरुपण तोकिएको अवधिभन्दा अगाडि नै हुने बताइएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेकपाको विवाद तोकिएको अवधिभन्दा अगावै निरुपण हुने बताएका हुन् । प्रमुख आयुक्त थपलियाले तोकिएको अवधिभन्दा अगाडि नै विवाद निरुपण प्रक्रिया शुरु हुने पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहका नेताहरुलाई बताएका हुन् ।

थपलियाले प्रचलित कानून र सर्वोच्च अदालतको नजीरहरुका आधारमा वैधानिकताबारे निर्णय हुने बताए । दल दर्ता हुँदाको विधान र केही संशोधन प्राप्त भएको संस्मरण गर्दै उनले प्रचलित कानुनको आधारमा न्यायोजित निर्णय लिने बताए । वैधानिकता दावी गर्दै प्रचण्ड र माधव समूह नेकपाका नेताहरु निर्वाचन आयोग पुगेका थिए ।

कमेन्टहरु
Loading...