पोखराको सिर्जनाचोकमा प्रहरी तथा आन्दोलनकारीबीच झडप

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गरेपछि पोखरामा विरोघका कार्यक्रमहरु हरेक दिन जस्तो भइरहेका छन् । यसैबीच आज पनि पोखरामा जनता समाजवादी पार्टीले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको छ ।

प्रधानमन्त्री ओलीको पुत्ला खोस्ने क्रममा प्रदर्शनकारी तथा प्रहरीबीच पोखराको सिर्जनाचोकमा झडप भएको छ । प्रहरीले हस्तक्षेप गरेपछि आन्दोलनकारी अर्को पुत्ला जलाउने योजना बनाएका छन् ।

कमेन्टहरु
Loading...