पोखरामा ओली समर्थित गण्डकीस्तरीय युवा संघको प्रदर्शन

पोखरा । पोखरामा आज नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समुहको गण्डकी प्रदेशस्तरीय युवा भेला आयोजना हुँदै छ । भेलाभन्दा अगाडि मोटरसाइकल ¥याली आयोजना गर्ने कार्यक्रम रहेको छ ।

¥याली पोखराको अमरसिंहचोकबाट सुरु भएर पृथ्वीचोक, नयाँबजार, चिप्लेढुंगा हुँदै सभागृह हलसम्म आउने बताइएको छ । ¥यालीमा १ हजारभन्दा बढी मोटरसाइकलमा नेता तथा कार्यकर्ता सहभागी हुने बताइएको छ । भेलामा गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आन्तरिक मामिला तथा अर्थमन्त्री किरण गुरुङ, युवा संघका पूर्व अध्यक्ष महेश बस्नेत लगायतले सम्बोधन गर्ने बताइएको छ ।

कमेन्टहरु
Loading...