काठमाडौं । आज साँझ ६ बजे मन्त्रीपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा मन्त्रीपरिषद् बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओलीले संसद विघटन गरे पश्चात् केही मन्त्रीहरुले राजीनामा दिएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले रिक्त रहेका मन्त्रीको पदमा नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरिरहेका छन् ।
