पोखरा । आज र भोलि पोखराका विभिन्न स्थानहरुमा विद्युत् आपुर्ति बन्द हुने भएको छ ।
विन्दवासिनीदेखि हरिचोकसम्म सडकखण्डको किनारमा रहेका विद्युत् संरचना स्थानान्तरण गर्न बिहान १० बजेबाट अपरान्ह ४ बजेसम्म आज र भोलि विद्युत् आपुर्ति बन्द हुने भएको हो । पोखरा वितरण केन्द्रको सरङ्कोट फिडर अन्तरगत मालेपाटन, पस्र्याङ, बाग्लुङ बस्पार्क, विन्दवासिनी, हरिचोक, सिमपानी, लामागाउँ लगायतका क्षेत्रमा विद्युत् आपुर्ति बन्द हुने छ ।
मर्मत कार्य तोकिएको समय अगाडि नै सकिएको खण्डमा विद्युत् आपुर्ति नियमित गरिने केन्द्रले जानकारी दिएको छ ।