फाइल तस्बिर
गन्थन डेस्क
पोखराको जनप्रिय क्याम्पसमा प्रचण्ड–नेपाल (प्रने) पक्षधर विद्यार्थीहरुले राँके जुलुस निकालेको छ ।
प्रदर्शनसँगै राँके जुलुस निकालेपछि प्रहरी र विद्यार्थीबीच केही समय स्थिति तनावपूर्ण भएको थियो ।
जुलुसपछि क्याम्पस गेटमा विद्यार्थी नेता राजन शर्मा, क्षितिज सापकोटालगायतले सम्बोधन गरेका थिए । उक्त प्रदर्शनमा प्रहरीले संयम अपनाएकाकारण कार्यक्रम शान्तिपूर्णरुपमा सम्पन्न भएको छ ।
जुलुसको आयोजना अनेरास्ववियु क्याम्पस कमिटीले गरेको छ । संसद विघटनपछि प्रधानमन्त्री केपी ओलीको विरोधमा प्रने समर्थक विद्यार्थीहरुले पोखराको मूख्य चोकहरुमा दैनिक प्रदर्शन गर्दै आइरहेका छन् ।
ओली र प्रने पक्षबाट फरक समय र स्थानमा प्रदर्शन भइरहँदा स्थिति तनावपूर्ण भएको छैन ।