पिएन क्याम्पसमा ओलीः बिहान मुर्दावाद, बेलुका जिन्दावाद

गन्थन डेस्क

संसद विघटन गरेपछि प्रधानमन्त्री केपी ओलीको पक्ष र विपक्षमा देशभर प्रदर्शन जारी छ ।

यसै क्रममा पोखराको पृथ्वीनारायण क्याम्पसमा आज बिहान प्रचण्ड–नेपाल पक्षधरले प्रम ओलीको पुत्जा जलाउँदै ‘मुर्दावाद’को नारा लगाए । बिहानको समयमा उनको विपक्षमा भएको प्रदर्शनपछि यतिबेला सोही स्थानमा उनको पक्षमा प्रदर्शन भएको छ ।

ओलीनिकट मानिएका विद्यार्थी समूहले क्याम्पस गेट अगाडी प्रदर्शन गर्दै उनको कदमलाई स्वागत गरेका छन् । विद्यार्थीहरुले समूलरुपमा ‘केपी ओली जिन्दावाद’ भन्दै उनको देवत्वकरण गरेका छन् ।

संसद् विघटनपछि पोखरामा प्रत्येक दिन प्रदर्शन जारी छ । विपक्षमा रहेका समूहले उनको पुत्ला जलाउँदै आएका छन् भने पक्षमा रहेका समूहले ‘मै पनि एमाले, सही पनि एमाले’ समेत भन्न भ्याएका छन् ।

कमेन्टहरु
Loading...