गनथन डेस्क । गण्डकी प्रदेशका बादल निकट आन्तरिक मामिला तथा कानून मन्त्री हरिचुमान प्रचण्ड पक्षको बैठकमा सहभागि भएका छन् । गृहमन्त्री बादलले ओलीको साथ रोजेपनि उनी निकट नेताले भने उनको साथ छोडेका छन् ।
यसअघि कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका नरेश भण्डारीले बादलको साथ छाडेर प्रचण्ड–नेपाल समूहतिर लागेका थिए । गण्डकी प्रदेशबाट पारस गैरे बाहेक बादल निकटका नेता ओली पक्षमा यतिबेलासम्म गएका छैन्न् ।