काठमाडौँ । नेकपा केपी शर्मा ओली समूहको केन्द्रीय समिति बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहभागी भएका छन्। बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा बादल सहभागी भएका हुन् ।
आजको केन्द्रीय समिति बैठकअघि बादलले प्रधानमन्त्री ओलीसँग कुराकानी गरेका थिए। पूर्वमाओवादीका बादल प्रचण्ड(नेपाल समूहमा नगई आफूतिर आएपछि ओलीले उनलाई आफ्नो समूहको उपाध्यक्ष बनाउन लागेको स्रोतले बताएको छ।
उनलाई आजैको केन्द्रीय समितिबाट उपाध्यक्ष बनाउने सम्भावना रहेको स्रोतले बतायो। पूर्वमाओवादीबाट टोपबहादुर रायमाझी र लेखराज भट्ट पनि ओली समूहमा लागेका छन् । ओली समूहको केन्द्रीय समिति बैठक अहिले जारी छ।