काठमाडौँ । नेकपा विभाजनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रधानमन्त्री केपी शर्मा ओलीको पक्ष रोजेका छन् । प्रतिनिधि सभा विघटनको चार दिनसम्मको लामो छलफलपछि बादलले ओलीलाई रोजेका हुन्।
बादल ओली पक्षमा लागेको बादलनिकट एक केन्द्रीय सदस्यले जानकारी दिए। प्रचण्ड(नेपाल पक्षले नै बादल उतै गएको बताएको छ। स्रोत हिजो राती नै बादलले ओलीलाई साथ दिने निर्णय गरेका हुन् ।
बादल ओलीतिर जाँदा भने एक्लै गएका छन्। उनका राजनीतिक सल्लाहकारसमेत रहेका केन्द्रीय सदस्य सूर्य सुवेदी सहित उनको पूर्वसमूहमा रहेका सबै नेताहरू प्रचण्ड नेपाल नेतृत्वको नेकपामा लागेका छन्। बादल र प्रधानमन्त्री ओलीबीच मंगलबार र बुधबार बालुवाटारमा लामो छलफल भएको थियो।