गन्थन डेस्क । प्रदेश १ की सांसद तथा नेकपा नेतृ उषाकला राईले नेकपा ओली पक्षले दिएको केन्द्रीय सदस्य पद अस्वीकार गरेकी छन्।
उनले जनताभन्दा ठूलो पद र पैसा नभएको भन्दै आफूले पद अस्वीकार गरेको बताएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै सो जानकारी दिएकि हुन् ।
बिहीबार फेसबुक स्टाटसमा राईले लेखेकी छन्,‘ ‘यो कम्युनिष्ट आन्दोलनमा म लागेको पनि चार दशक भएको छ। तर, पद र पैसा केही होइन। जनताको पैसा खाइन्न बरु भोकै मर्न तयार हुनुपर्छ भन्ने हाम्रो मान्यता छँदैछ,’ उनले भनेकी छन्,‘सबै प्रकारका गलत कुराहरू मुख्य गरेर भ्रष्टाचार अन्त्य गर्ने र समृद्धिको मुद्दाहरू अगाडि बढाइरहेका थियौं। तर आज त्यो अलपत्र परेको छ।’ साथै उनले प्रधानमन्त्रीले विश्वासले दिएको पदलाई कृतज्ञाताका साथ अस्वीकार गर्दै समाल्न नसक्ने समेत बताएकी छन् ।