काठमाडौँ । विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने तयारी गरेको छ ।
सिनामंगलमा आज बसेको शीर्ष नेताहरुबीचको छलफलपछि पाण्डेलाई महासचिव बनाउने तयारी भएको हो । अहिले प्रचण्ड पक्षधर नेकपाको सचिवालय बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ ।
महासचिवका लागि भीम रावल,सुरेन्द्र पाण्डे,घनश्याम भुसाल, हरिबोल गजुरेल,वर्षमान पुन,जनार्दन शर्मा लगायतका नेताहरु प्रतिस्पर्धामा छन् । पाण्डे नेकपा एमालेको नवौं महाधिवेशनमा ईश्वर पोखरेलसँग महासचिवमा पराजित भएका थिए ।
सचिवालय र स्थायी कमिटीमा छलफलपछि केन्द्रीय कमिटीमा प्रस्ताव लगेर निर्णय हुनेछ । साथै यसअघि ११ बजे निर्धारित बैठक अपरान्ह १ बजेलाई सरेको छ ।