पोखरा, २ पौष/मिस किरात २०७० को ताज प्रेमा सुनुवारले पहिरिएकी छिन् । उभौली पर्वको अवसरमा लेखनाथ महोत्सवमा उत्कृष्ठ १० बाट छनोट गरिएको अन्तिम प्रतिस्पर्धामा नौजनालाई पछि पार्दै सुनुवारले उपाधि जितेकी हुन् । उनले पर्सनालिटीको टाईटल समेत जित्न सफल भईन् । त्यसैगरी फष्ट रनरअप भने अनुरा राई घोषित भईन् । सेकेण्ड रनर अप भने अनिता लिम्बु भईन् ।
यसैगरी एसएमएस भोटिङबाट युना राई पुरस्कृत भएकी थिईन् । अनुशासितको टाईटल भने रिस्ता राईको भागमा परेको थियो । बेष्ट ड्रेसबाट विन्दु राई, ट्यालेन्टको टाईटल बन्दना राईको पोल्टामा परेको थियो । उनीहरुलाई जेनिशा तामाङ, गायक धिरज राई, पुजा बज्रचार्य, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बावुराम गिरी तथा निर्वतमान अध्यक्ष सुमन भट्टराई लगायतले पुरस्कार प्रदान गरेका थिए ।
मंगलबार मौसम अन्य दिनको भन्दा निकै चिसो थियो । मौसम चिसो भएपनि लेखनाथ महोत्सवमा दर्शकको उपस्थितिमा भने कमि थिएन् । आर्थिक कारोबारमा समेत उत्साहजनक भएको थियो । सबैखाले उपभोग्य बस्तुको विक्रीवितरण समानुपातिक रुपमा भएको आयोजक लेखनाथ उद्योग वाणिज्य संघले जनाएको छ ।
महोत्सवको छैटौं दिन तीन करोडभन्दा बढीको आर्थिक कारोबार भएको छ । दर्र्शकको संख्या पनि एकलाखको हाराहारीमा पुगेको छ । कलाकारको मनोरन्जनात्मक गतिविधि, धिरज राईको मिष्टेरियस गर्ल जस्ता गीतले पनि दर्शकलाई महोत्सवस्थल बसिरहन बाध्य बनाएको थियो । वद्री पगेनी, पुरुषोत्तम न्यौपाने, पशुपति शर्मा, राधिका हमालको प्रस्तुतीले युवापुस्तालाई चिसोमा उर्जा थपिएको थियो ।