कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै: आन्दोलनका कार्यक्रम तय गर्ने सम्भावना

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । आजको बैठकमा संसद विघटनविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्ने सम्भावना रहेको छ ।

यसअघि बसेको बुधबारको बैठकले संसद विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरेको थियो । तर कहिलेदेखि प्रदर्शन सुरु गर्ने भन्नेमा पार्टी भित्रनै दुईमत छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले संसद विघटन असंवैधानिक भएकाले तत्काल आन्दोलनमा जानुपर्नेमा जोड दिएको छ । तर, सभापति शेरबहादुर देउवा भने मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले फैसला नआउन्जेल कुर्नुपर्ने पक्षमा छन् । यद्यपी यसबारे आजको बैठकबाट तय हुने सम्भावना रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कमेन्टहरु
Loading...