पोखरा । नेपालमा थप ७ सय ४३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा थप ७ सय ४३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना पोजेटिभ रिर्पोट आएकामध्ये २ सय ७९ जना महिला तथा ४ सय ६४ जना पुरुष रहेका छन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५५ हजार ९ सय ७९ जना पुगेको छ । हाल नेपालमा ७ हजार ५ सय १५ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ५९ जनाको पिसिआर परीक्षण गरिएको थियो । यस्तै यो अवधिमा नेपालमा थप ९ सय ५२ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ४६ हजार ६ सय ६१ जना पुगेको छ ।
२४ घण्टाको अवधिमा नेपालमा थप ५ ले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ८ सय ३ पुगेको छ ।
हाल नेपालमा ४ हजार १ सय १९ जना संक्रमितहरु होम आइसोलेसनमा रहेका छन् । त्यस्तै २ सय ४६ जना संक्रमितको आइसियु तथा ५० जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार नेपालमा काठमाडौं तथा ललितपुर ५ सयभन्दा माथि उपचारार्थ संक्रमित भएका जिल्ला हुन् । त्यस्तै मुगुमात्र सक्रिय संक्रमितको सुन्य संख्या भएको जिल्ला हो ।