संसद सुरु गरेर ओलीलाई सजाय दिन तयार छौं – जनता समाजवादी पार्टी

पोखरा । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि चौतर्फी विरोध भइरहेको छ । देशैभरी युवा तथा विभिन्न राजनीतिक दल सडकमा उत्रिएर प्रधानमन्त्री ओलीको कदमको विरोध प्रर्दशन गरेका छन् ।

यसैबीच बुधबार जनता समाजवादी पार्टीले पोखराको चिप्लेढुंगा देखि ¥याली गरेर विरोध प्रर्दशन गरेको छ । चिप्लेढुंगाबाट सुरु भएको ¥याली महेन्द्रपुलमा गएर कोणसभामा परिणत भएको थियो । पार्टीका नेताहरुले निधारमा कालो पट्टी बाँधेर प्रर्दशन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री ओलीको कदम प्रतिगामी र अलोकतान्त्रिक भएको बताएका थिए ।

प्रर्दशनमा जसपाका युवा नेता नेत्र चापागाईंले ओलीको कदमलाई नेपाली आम नेपाली जनताले स्वीकार नगर्ने बताएका छन् । उनले भने, ‘यो चोकबाट ज्ञानेन्द्रलाई धबाएका छौं । अब संसद सुरु गरेर ओलीलाई सजाय दिन तयार छौं ।’

त्यस्तै पार्टीका केन्द्रीय सदस्य टीकाराम पौडेलले अहिले नेपालको इतिहास कालो बादल मडारिएको बताएका छन् । ‘फेरि यो देशमा ओलीले विदेशीको इशारामा देश विघटन गर्न लाग्दै छन् । तानाशाही कम्युनिस्टको अन्त्य गर्न जरुरी छ ।’ उनले भने ।

पार्टीले राष्ट्रपतिले कुकर्म गरेको बताएको छ । साथै पार्टीले ३ दिने आन्दोलनका कार्यक्रम समेत घोषणा गरिसकेको छ ।

कमेन्टहरु
Loading...