ट्रक दुर्घटना हुँदा ३ जनाको ज्यान गयो

नवलपुर । कालीगण्डकी करिडोरमा ट्रक दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नम्बर ३ स्थित कालीगण्डकी करिडोरको भोक्रोफाँटमा ना ३ ख ५३३९ नम्बरको ट्रक दुर्घटना हुँदा ३ जनाको जयान गएको हो । उक्त ट्रक भीरबाट १ सय मिटर तल खसेको थियो । ज्यान गुमाउने ३ जना नै पुरुष भए पनि उनीहरुको सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...