पोखरा ३७ सहित कास्कीमा थप ३८ जनालाई कोरोना पुष्टि

पोखरा । कास्कीमा थप ३८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको अछिल्लो अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणका क्रममा कास्कीमा थप ३८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

जिल्लाको माछापुच्छ«े गाउँपालिकामा १ जनालाई संक्रमण पुष्टि भएको छ । सो गाउँपालिका अन्तरगत वडा नम्बर ९ का ४५ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ४ मा ४५ वर्षीय १ जना तथा ५ मा ६० वर्षीय १ जना पुरुषलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

६ नम्बर वडामा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १८ वर्षीय १ जना किशोरी तथा ४० वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा ८ मा ९ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २ जना महिला तथा १ जना बालक सहित ६ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरु २७ र ६१ वर्षीय २ जना महिला तथा ११ वर्षीय १ जना बालक, ३०, ३२, ३६, ४७, ५९ र ६५ वर्षीय ६ जना पुरुष रहेका छन् ।

वडा नम्बर ९ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ५५ वर्षीय १ जना महिला सहित १६ वर्षीय १ जना किशोर तथा ५० वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १० मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३३ तथा ७३ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

१० नम्बर वडामा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३० वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

पोखरा १५ मा ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३ जना महिला, २ जना बालक तथा ६ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ३७, ४१ र ८२ वर्षीय ३ जना महिला, ७ र १३ वर्षीय २ जना बालक, १५ वर्षीय १ जना किशोर तथा १९, ३२ र ६२ वर्षीय पुरुष हुन् ।

त्यस्तै वडा नम्बर १७ मा ५७ वर्षीय १ जना पुरुष, १९ मा ४० वर्षीय १ जना महिला, २५ मा ४९ वर्षीय १ जना पुरुष तथा २६ मा ३० वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर २७ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २१ वर्षीय १ जना महिला तथा ३७ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै ३१ नम्बर वडामा १९ वर्षीय १ जना महिला तथा ३२ नम्बर वडामा ३४ र ५६ वर्षीय २ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै गण्डकी प्रदेशका अन्य जिल्ला बाग्लुङमा १४ जना, लमजुङमा ११ जना तथा तनहुँमा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १४ हजार १ सय २५ पुगेको छ ।

कमेन्टहरु
Loading...