मेट्रो बैंकको रक्तदान कार्यक्रम

पुस १, कास्की/पोखरा न्यूरोडमा प्रधानकार्यालय रहेको मेट्रो डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो तेश्रो वार्षिकोत्सवको अवसरमा आईतबार पोखरामा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रमबाट ५१ युनिट रंक्त संकलन गरेकोे छ । कार्यक्रममा बैंक संचालन समितिका अध्यक्ष पुष्पराज शर्माले पहिलो रंक्तदाता राम्जी कोईरालालाई  व्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।कार्यक्रममा उनले पोखरामा केहि समयदेखि रगत अभाव भएको समयमा रंक्तदाताहरुले खुलेर सहयोग गरेकोमा खुसि व्यतः गर्दै बैंकले हरेक बर्ष उक्त कार्यक्रमलाई निरन्तरता दिने बताए । रंक्तदातालाई समितिका अध्यक्ष शर्मा, कार्यक्रम संयोजक अमृतलाल श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृति सुर्यप्रसाद तिवारीले प्रमाण– पत्र प्रदान गर्नु गरेका थिए । पोखरा, काठमाण्डौ, लमजुङ, म्याग्दी , बाग्लुङमा बैंकले आफ्नो कार्यालय स्थापना गरी सेवा दिदै  आएको छ ।

कमेन्टहरु
Loading...