कास्की जिल्ला हाक्ने सम्भावित तीन अनुहार

पोखरा । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समुहले कास्कीबाट २७ जनालाई केन्द्रिय सदस्यमा मनोनित गरिसकेको छ । जिल्ला तहमा रहेका अधिकांश नेता केन्द्रिय कमिटिमा मनोनय भैसकेका छन् ।

हाल जिल्ला अध्यक्ष कृष्ण थापा र पूर्व एमालेका सचिव समेत रहेका नेता दामोदर बैरागी केन्द्रिय सदस्य मनोनय भैसकेका छन् । भने महानगर अध्यक्ष दिपक पौडेल पनि केन्द्रिय कमिटिमा अटाएका छन् ।

नेतृत्वमा रहेका अनुहार केन्द्रिय कमिटिमा मनोनय भैसकेपछि स्वभाविक रुपमा जिल्ला नेतृत्वमा पनि नयाँ जिम्मेवारी प्रदान हुनेछ ।

अबको नेतृत्व कसले गर्छ भन्ने बहसका बीचमा सम्भावित तीन नाम हुन् बैनबहादुर अधिकारी क्षेत्री , दिलिप न्यौपाने र नवराज ओझा ।

यि तिन नाम केन्द्रिय समिति मनोनयको लिष्टमा नदेख्दा कार्यकर्ताले आश्चर्य व्यक्त मात्रै गरेका छैनन् पुर्नविचारका माग समेत सामाजिक संजालमा राखेका छन् ।

स्रोतका अनुसार  ओली समुहका बलियो खम्बाका रुपमा जिल्ला तहमा देखिएका यि तिन अनुहारले नै नयाँ जिम्मेवारीका साथ जिल्लाको पार्टी हाक्ने जिम्मेवारी दिने तयारी रहेको बुझिन्छ । हाल क्षेत्री जिल्ला समन्वय समितिका प्रमुख हुन ।

न्यौपाने पूर्व एमालेको महानगर कमिटी सचिव र हाल नेकपा जिल्ला सदस्य हुन् ।

त्यस्तै रुपा गाउँपालिका अध्यक्ष समेत रहेका ओझा लोकप्रिय जनप्रतिनिधीको रुपमा चिनिन्छन् । गाउँपालिका भित्र उनले गरेको बिकासको देशभर चर्चा हुदै आइरहेको छ । ओझा हाल नेकपा जिल्ला कमिटि सदस्य हुन् ।

नेतृत्वले जिल्ला नेतृत्वको जिम्मेवारी दिने भनेर नै हाल केन्द्रिय सदस्य मनोनय नगरिएको कार्यकर्ताको बुझाइ छ ।

‘उहाँहरुबाटै जिल्लाको पार्टी कमिटी अगाडी बढ्छ भन्ने लाग्छ , तीनै जनालाई महत्वपूर्ण जिम्मेवारी नेतृत्वले पक्कै प्रदान गर्नेछ’, जिल्ला तहका एक कार्यकर्ताले भने ।

कमेन्टहरु
Loading...