सरकारले बेलायतबाट आउने यात्रुलाई बुधबार राति १२ बाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।
कोभिड नियन्त्रणसम्बन्धी उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतमा नयाँ स्वरूपमा कोरोना फैलिएसँगै उक्त देशबाट नेपाल आउने यात्रुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।
बैठकले अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउन समेत रोक लगाएको छ।
नेपालमा उडान गरिरहेका सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा रोक लगाउन निर्देशन दिएको जनाएको छ ।