काठमाडौं । पूर्व अर्थमन्त्री युवराज खतिवडा अमेरिकाका लागि राजदुत नियुक्त भएका छन् । खतिवडालाई राष्ट्रपति विद्यादेवी भण्डारीले राजदुतमा नियुक्त गरेकी हुन् । यस अगाडि मन्त्री पदबाट हटे लगत्तै प्रधानमन्त्री ओलीले खतिवडालाई अमेरिकाका लागि राजदुतको सिफारिस गरेका थिए । संसदीय सुनुवाई समितिबाट यस अगाडि नै अनुमोदन भएपछि राष्ट्रपति भण्डारीले आज पूर्वअर्थमन्त्री खतिवडालाई राजदुत नियुक्त गरेकी हुन् ।
