काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समुहले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गरेर माधव नेपाललाई अर्को अध्यक्ष बनाउने निर्णय गरेको छ ।
आज बसेको उक्त समुहको केन्द्रीय कमिटीको बैठकले ओलीलाई कारवाही गरेर पार्टी अध्यक्षबाट हटाउने र नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको हो । नेकपाको विधानमा २ जना अध्यक्ष रहने व्यवस्था अनुसार अब पार्टीको अध्यक्ष प्रचण्ड सहित नेपाल पनि हुने भएका छन् ।
यस अगाडि नेकपाको अध्यक्ष प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्ड रहेका थिए ।