पिलो निचोरेर फाल्दैमा तौल घट्दैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कसैलाई पनि कारवाही नगर्ने बताएका छन् । आज आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू पार्टी फुटाउन अग्रसर पनि नहुने तथा कसैलाई कारवाही समेत नगर्ने स्पष्ट पारेका हुन् । बैठकमा उनले पार्टी विभाजनको सम्भावनालाई भने अस्वीकार नगरेको बताइएको छ । उक्त बैठकले ओली प्रचण्डलाई आलोचना गर्न भने पछाडि हटेनन् । पिलो निचोरेर फाल्दैमा तौल नघट्ने उनले बताएका थिए । यो जीवन शर्माको गीत हो । ‘पिलो निचोरेर फाल्दैमा तौल घट्दैन ।’ जीवन शर्माको गीत गुनगुनाउँदै उनले भनेका छन् ।

कमेन्टहरु
Loading...