प्रचण्डलाई पुस १ गते नै अनुशासनको कारवाही भएको खुलासा

काठमाडौं । संसद विघटन पश्चात बसेको नेकपाको बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको थियो । तर नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ओलीलाई अनुशासनको कारवाही गर्नुभन्दा अगाडि नै पार्टीले कारवाही गरेको खुलासा भएको हो । प्रचण्डलाई पुस १ गते नै अनुशासनको कारवाही भएको जानकारी सहितको पत्र निर्वाचन आयोगमा पुगेको खुलासा भएको हो । ओली निकट एक केन्द्रीय सदस्यका अनुसार प्रचण्डलाई कारवाही गरेको पत्र आयोगमा पठाइसकिएको छ ।

कमेन्टहरु
Loading...