नखुलेका बामदेव र बादल : बादललाई प्रचण्डसंग मिल्न चर्को दवाब

गन्थन डेस्क

पोखरा । नेपाल कम्युनिष्ट पार्टी विभाजन उन्मुख भैरहंदा उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य रामवहादुर थापा बादल मुख खोलिसकेका छैनन् ।

गौतम आफु फुटको साक्षी नबस्ने स्पष्ट पार्दै आएका छन् । यद्यपी फुटिसकेपछि भइसकेपछि एकातिर लाग्नैपर्ने बाध्यतामा छ ।

गौतमको मौनताले उनी निकट नेता तथा कार्यकर्ताहरुमा अन्यौलता देखिएको छ । नेकपा स्थायी कमिटि सदस्य समेत रहेका गौतम निकट गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङ प्रचण्ड माधव समुहले बोलाएको स्थायी समितिको बैठकमा उपस्थित भएनन् ।

तल्लो तहका कार्यकर्ता समेत पर्ख र हेरको अवस्थामा देखिन्छन् । बामदेव निकट एक विद्यार्थी नेताका अनुसार बामदेव केपीसंगै मिल्ने मनसायमा छन् यद्यपी उनले आफ्नो आधिकारिक धारणा भोलीसम्म सार्वजिनक गर्ने सम्भावना छ ।

आफ्ना कार्यकर्ताको चर्को दवाबमा परेका बादल निरन्तर छलफलमा छन् । सोमबार भेटका अधिकांश नेता कार्यकर्ताले प्रचण्डपक्षमा लाग्न चर्को दवाब दिएका छन् । बादल समुह विभाजीत छ । लेखनाथ न्यौपाने देव गुरुङ,पम्फा भुसाल लगायतका नेताहरु खुलेर प्रचण्ड पक्षमा उभिएपछि थप दवाब उनीमा देखिएको छ । बादल निकट गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानपनि प्रचण्डपक्षमा लाग्नुपर्नेमा उभिएका छन् । उनी छलफलका लागि काठमाडौं पुगेका छन् ।

नेकपाको केन्द्रीय कमिटिका बादल पक्षका ३६ जना रहेका छन् ।

कमेन्टहरु
Loading...