कङ्गयूर पाठमा भक्तजनहरुको उल्लेख्य सहभागिता

पोखरा ०२ पौष/ल्होसारको अवसरमा सोमबारदेखि टा.सी छ्योएलिङ्ग गुम्बामा शुरु भएको कङ्गयूर पाठ तथा तानाघोसुम पुजाको दोश्रो दिन उल्लेख्य भक्तजनहरुले सहभागीता जनाएका छन । पोखरा १० रामघाट बुद्धशान्तिमार्गमा अवस्थित गुम्बामा मंगलवार मात्र करिब एक हजार भक्तजनहरुले सहभागीता जनाएका छन ।

gumbaबिगत १२ वर्षदेखि ल्होसारको अवसरमा आयोजना हुदै आएको कङ्गयूर पाठ तथा तानाघोसुम पुजामा यो वर्ष घोडा वर्ग त ल्होको अवसर पारेर पुजाको आयोजना गरिएको गुम्बाका लामा गुरु आम्ची गोपाल लामाले जानकारी दिए । हाम्रो चाहाना विश्व शान्तिको कामना भन्ने मुल नाराका साथ १३ औ पटक आयोजित पुजाको दोश्रो दिन सम्म आइपुग्दा झण्डै हजार भक्तजनहरुले सहभागीता जनाएको गुरु लामा गोपालले वताए । उनले भने विगतको वर्ष जस्तै यो वर्ष पनि त ल्हो घोडा वर्गको अवसर पारेर घोडा वर्ग र त्यसबाट असर पर्ने वर्गहरुको बिच कङ्गयूर पाठ तथा तानाघोसुम पुजा गरी ग्रह शान्ति गर्ने भएकाले पुजामा भक्तजनहरुको सहभागीता वढेको हो ।

१० दिन सम्म सञ्चालन हुने उक्त पुजामा प्रत्येक दिन ५० जना लामाहरुद्धारा सामुहिक रुपमा कङ्गयूर पाठ गरी ग्रह शान्ति गर्ने भएकाले पनि विगतका वर्षहरुदेखिनै भक्तजनहरुको उल्लेख्य सहभागीता रहदै आएको गुम्बाले जनाएको छ । विभिन्न ३ जनावारहरुको टाउकोको प्रतिमाको पुजा गरी तानागघोसुम पुजा तथा बुद्धग्रन्थ त्रिपिठक कङ्गयूर पाठ आगामी पुस १० गते सम्म चल्ने छ । घोडा वर्ग हुनेहरुका हुने विभिन्न अशुभ कार्यहरुबाट छुट्कारा पाओस भन्नका लागी हिंस्रक जनावार बाघ , घमण्डी सांढे र फोहोरी जनावार सुँगुरको टाउकोको प्रतिमा बनाइ १० दिन सम्म जारी रहने पुजामा विभिन्न जिल्लाहरुका ५० जना लामाहरुद्धारा दैनिक पाठ गराइने गुम्बाले जनाएको छ ।

कमेन्टहरु
Loading...