पोखरा । नेपालमा थप ७ सय ४२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा थप ७ सय ४२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना पोजेटिभ आएकामध्ये २ सय ९४ जना महिला तथा ४ सय ४८ जना पुरुष रहेका छन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५४ हजार ५ सय १४ जना पुगेको छ । हाल नेपालमा ७ हजार ९ सय ७६ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ६ हजार ३ सय ५१ को पिसिआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार नेपालमा थप १ हजानर ७९ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ४४ हजार ७ सय ४३ पुगेको छ ।
नेपालमा थप ७ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ७ सय ९५ पुगेको छ ।
नेपालमा हाल ४ हजार ५ सय ८ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । त्यस्तै २ सय ७९ जना संक्रमितको आइसियु तथा ५७ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल नेपालका काठमाडौं तथा ललितपुर जिल्लामा ५ सयभन्दा बढी उपचारार्थ संक्रमितहरु रहेका छन् भने मनाङ तथा मुगु सक्रिय संक्रमितकचो सुन्य संख्या भएका जिल्लाहरु हुन् ।