पूर्वेलीहरुले पोखरामा पनि मनाए साकेला पर्व

पोखरा २ पुस/नेपालको पूर्वी भेगमा वसोवास गर्ने किरात समुदायहरुको मुख्य पर्व साकेला पर्व पोखरामा पनि हर्षउल्लाषका साथ मनाईएको छ । पोखरामा रहेका पूर्वेलीहरुको समुह किरात सेवा समाजले मंगलवार पोखरामा साकेला पर्व अर्थात उधौली पर्व मनाएका हुन । प्रकृतिका पुजक किरातीहरुले पोखरामा रहेको किरात सेवा समितिको प्राङ्गणमा जम्मा भइ साकेला पर्व अर्थात उधौली पर्व मनाएका हुन । प्रकृतिका पुजारी मानिने राई, लिम्बु, सुनुवार, याख्या लगायतका किरातीहरुले बैशाख पूर्णिमा र मंसिर पूर्णिमामा साकेला मनाउने गर्दछन ।

kirate paraba uvaly (2)वर्षको दुईपटक मनाइने यो पर्वलाई किरातीहरुले उभौली र उधौली पर्वको रुपमा मनउदछन । प्राकृतिक प्रकोप नहोस्, सहकाल रहोस्, अन्नबाली सप्रियोस , कुलपित्री खुसी होऊन्, सबैको सुब्बेफाब्बे होस् भन्ने प्रार्थना गर्दै साकेला चाड मनाईने किरात सेवा समिति कास्कीका अध्यक्ष गणेश देवानले वताए । वैशाखमा विभिन्न किसिमका वालीहरु लगाई वाली रक्षा गर्नको लागि भगवान पारु हाङको पूजा गरी हर्षउल्लाषका साथ साकेला पर्व मनाईनेवताउदै वर्षायाममा खेती वाली लगाई वालीरक्षाको लागि कामना गर्दै उनीहरुले पूर्णिमाको दिननदेखि १५ दिन सम्म समाजमा नाचगान गरी उधौैली पर्व मनाउने वताए ।

साकेला पर्व अन्तर्गत मंसिरको पूर्णिमामा किरातीहरुले उधौली पर्व मनाउने वताउदै देवानले खेतीपाती थन्क्याइसकेपछि परिवारमा कुनै दुख कष्ट नहोस र वर्षभरि खान पुगोस सककाल आओस भनेर पारुहाङ्ग र सुम्निहाङ्गको पूजा गरी यो पर्व मनाइने वताए । उनले भने पोखरामा पनि विगत एक दशकदेखि विभिन्न कामको शिलशिलामा पूर्वबाट पोखरा आएका ब्यातिmहरु सामेल भइ रमझमका साथ साकेला पर्व मनाउदै आएको र पोखरामा झण्डै ३ सयको हाराहारीमा किरातीहरुको वसोवास रहेको वताए । पोखरामा वसोवास गर्ने किरात समुदाय अन्तर्गत पर्ने राइ, लिम्बु, तामाङ्ग , याख्या लगायतका विभिन्न जनजातिहरुले मंगलवार पोखराको टुटुङ्गामा रहेको किरांत सेवा समितिको प्राङ्गणमा भेला भएर उनीहरुले साकेला नृत्य , च्याबु्रङ नृत्य , टम्बोला खेल , लगाएतका खेलहरु प्रस्तुत गर्नुका साथै विभिद गायक तथा सांस्कृतिक नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।

कमेन्टहरु
Loading...