प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । संसद विघटन पश्चात् बनेको देशको राजनीतिक परिस्थिति तथा अन्य विभिन्न विषयलाई मध्येनजर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । आज दिउँसो ३ बजे प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् ।

कमेन्टहरु
Loading...