काठमाडौं । नागरिक अगुवा कृष्ण पहाडी लगायत शान्ति समाजका अगुवाहरु सिंहदरबार अगाडिबाट पक्राउ परेका छन् । सरकारको विराध गर्न सिंहदरबार पुगेका उनीहरुलाई प्रर्दशनका क्रममा प्रहरीले पक्राउ गरेको हो ।
यस्तै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीका विद्यार्थी नेता उषाकिरण समेत पक्राउ परेका छन् । अखिल क्रान्तिकारीको त्रिचन्द्र कलेज इकाई अध्यक्ष समेत रहेका उनलाई माइतीघर मण्डलामा भएको सरकार विरोधी प्रर्दशनका क्रममा पक्राउ गरिएको हो ।
हिजोमात्र सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि देशैभरी विरोध तथा प्रर्दशनका कार्यक्रमहरु भइरहेका छन् ।