पार्टी एकतामा कुनै असर गर्दैन, भ्रममा नपर्नुस्ः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबारको कदमले पार्टी एकतालाई कुलै अफ्ठ्यारो नपार्ने स्पष्ट पारेका छन् ।

प्रचण्डले आज प्रेस विज्ञप्ति जारी गर्दै आम नेपालीको बलिदान तथा त्याग र संघर्षको परिणाम स्वरुप प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको कार्यभार भएको बताएका छन् ।

‘राष्ट्रको समृेद्धि र नेपाली कम्युनिस्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृति र तत्वहरुको विरुद्ध एकतावद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यसप्रकारको कुनै भ्रमात्कम प्रचारमा नर्पन पनि म सबैलाई अपील गर्दछु ।’ प्रचण्डद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

कमेन्टहरु
Loading...