पोखरामा ऐतिहासिक चलचित्र ‘झोला’ प्रदर्शन हुने

पोखरा, पुस २ गते /आख्यानकार कृष्ण धराबासीको चर्चित कथा झोलामा आधारित चलचित्र ‘झोला’ पोखरामा पुस १० गते विशेष प्रदर्शन हुने भएको छ ।क्रिसमस डेका दिन बिहान ८ बजे विन्ध्यवासिनी चलचित्र मन्दिरमा हुने विशेष प्रदर्शन ¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालको आयोजना तथा मानव अधिकारका लागि महिलाः एकल महिला समूह, कास्कीको सहआयोजनामा हुन लागेको हो ।

jholaयाण्डम पुरस्कार अक्षयकोष वृद्धिका लागि प्रदर्शन गर्न लागिएको सोसाइटीका अध्यक्ष गनेस पौडेलले बताउनुभयो । महिला र मूलतः एकल महिला र सति प्रथासँग सम्बन्धित चलचित्र भएकाले आफूहरु सहआयोजक बनेको एकल महिला समूहकी अध्यक्ष प्रमिला तझ्याले जनाउनुभयो ।सति प्रथामा आधारित कथाले नेपाली जनजीवनको ऐतिहासिकतालाई प्रस्तुत गरेको छ ।

आफ्नी जिउँदी आमालाई मृत बाबुसँगै चितामा जलाउन लागिएको दृश्य बालक छोरोले हेरिरहेको मार्मिक प्रसङ्ग र चिताबाट थाहै नपाई आमा भागेकी र पछि छोरोसँगै भेट भएको कारुणिक कथाले भरिएको सो चलचित्र काठमाण्डौमा नेपालका शीर्ष नेता, बुद्धिजीवी, सञ्चारकर्मी तथा अधिकारकर्मीहरूले हेरेपछि सबै नेपालीले एकपटक हेर्नैपर्ने प्रतिक्रिया दिएका थिए ।

पोखरामा हुने सो प्रदर्शनीका लागि कथाकार धराबासी, निर्देशक यादवकुमार भट्टराईलगायतको समूह पोखरा आउने कार्यक्रम संयोजक रुपिन्द्र प्रभावीले जनाउनुभयो । रु. २ सय, ५ सय र १ हजार दरको टिकटको व्यवस्था गरिएको प्रदर्शनका लागि धेरैजसो टिकट बिक्री भइसकेको र सीमित टिकट मात्र बाँकी रहेको सचिव उपेन्द्र पौडेलले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...