ललितपुर, २ पुस । एपेक्स लाइफ बोर्डिङ स्कूलले नेपालका लागि इजरायली राजदुत हनान गोदार गोल्डवर्गरलाई आज राजधानीमा सम्मान गरेको छ । शिक्षा तथा कृषि लगायतका क्षेत्रमा उल्लेखनीय सहयोग पु¥याएको सन्दर्भमा इजरायली राजदूत हनान गोदार गोल्डवर्गरलाई सम्मान गर्न एपेक्स लाईफ बोर्डिङ स्कूलले ललितपुरमा आज आयोजना गरेको कार्यक्रममा सचिव मलेगुले अवका सहयोग शिक्षाको गुणस्तर सुधारमा हुनुपर्ने धारणा राख्नुभएको थियो ।
उहाँले राजदुत गोल्डवर्गरलाई ताम्रपत्र सहित फलुमाला लगाएर सम्मान गर्नुभएको थियो ।इजरायली राजदूत हनान गोदार गोल्डवर्गरले इजरायल नेपाल सम्बन्ध आगामी दिनमा अझ विस्तार हुने धारणा राख्नुभयो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक डा. रामप्रसाद उप्रेती, काठमाण्डौँ विश्वविद्यालयका प्राध्यापक महेश पौड्याल, एपेक्स फाउण्डेशनका प्रिन्सिपल सुभाष न्यौपाने, बागमती सफाई अभियानका अध्यक्ष डा. राजु अधिकारी र एपेक्स फाउण्डेशनका मनिषकुमार कर्ण लगायतले नेपाल र इजरायलको दौत्य सम्वन्ध तथा दूतावासले नेपालको वन, वातावरण र शिक्षा क्षेत्रमा गरेको सहयोगको चर्चा गर्नु भएको थियो ।
त्यस अवसरमा राजदूत गोल्डवर्गरलाई नेपाली टोपी पहि¥याउँदै चित्रकार अखिलेशले कोर्न भएको गोल्डवर्गरको तस्बीर र सम्मानपत्र दिइएको थियो ।