नेकपाका स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अविश्वास प्रस्ताव रोक्ने प्रयास असफल भएपछि संसद विघटन गरिएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले दलभन्दा बाहिरबाट प्रधानमन्त्रीविरुद्ध लगिएको अविश्वास प्रस्ताव दर्ता गर्ने प्रयास असफल भएपछि बाध्यातात्मक रूपमा प्रतिनिधि सभा विघटन गरेर ताजा जनादेशमा जानुपरेको बताएका हुन्।
उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव जिम्मेवार रहेको बताएका छन् । उनले भनेका छन्, ‘चुनावले लोकतन्त्र सुरक्षित र सुदृढ हुन्छ ।’
सडक आन्दोलनको बाटोले प्रतिक्रियावादी र दक्षिणपन्थीहरुलाई फाइदा पुग्ने भन्दै उनले गम्भीर र जिम्मेवार बन्न पनि अनुरोध गरेका छन् ।