7 ऊर्जामन्त्रीबाट राजिनामा दिएलगत्तै वर्षमान पुनले सरकारी क्वार्टर छाडेका छन् । नेकपाका स्थायी समिति सदस्य पुनले आजै सरकारी क्वाटर छाडेर बालुवाटारस्थित डेरामा सरेका हुन् । उनले सरकारी गाडी समेत मन्त्रालयमै छाडेका छन् । संसद विघटनपछि पुनसहित ७ मन्त्रीले आज राजीनामा दिएका थिए ।