नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको छ ।
बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले महरालाई स्थायी कमिटीमा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
महरा नेकपाका पूर्व स्थायी समिति सदस्य हुन्। उनी सभामुखमा निर्वाचन भएपछि उनको स्थान रिक्त थियो।