पोखरा । ‘महामारीबाट प्रवासी श्रमिकहरु बचाउ’ भन्ने मुल नाराका साथ नेपाली प्रवासी श्रमिक संघ (जिफन्ट सहयोग समुह) कतारले ३० औं अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस भर्चुअल कार्यक्रममार्फत् मनाएको छ ।
\कार्यक्रममा प्रमुख अतिथि रमेश बडालले श्रमिक बाध्यताले हैन रहरले क्षितिजको बाटो तय गर्नुपर्ने धारणा राखे । कोरोना महामारीले श्रम बजारको अवस्था कमजोर रहेको उनको भनाई थियो ।
श्रम र श्रमिकको इतिहासदेखि वर्तमान परिस्थितिका विषयमा प्रकाश पार्दै उनले नाजुक अवस्थामा पनि कार्यक्रम आयोजना गरेर सफलताका साथ सम्पन्न गरेकोमा जिफन्ट सहयोग समूह कतारलाई धन्यवाद ज्ञापन गरेका थिए ।
सल्लाहकार सदस्य प्रभात त्रिपाठीले विषम् परिस्थितिमा श्रमजीवी वर्गकै ठूलो योगदान रहेको बताए । कोरोना भाइरस महामारीमा सबैभन्दा बढी श्रमिकहरु नै परेको उनको भनाई थियो । त्यस्तै प्रवासी नेपाली एकता मञ्च कतारका सल्लाहकार रामहरी गैह्रेले इतिहास लेख्ने श्रमजीवी भएको र श्रमको मूल्य उचित हुनुपर्ने बताएका छन् ।