गृहमन्त्री बादल तथा उद्योगमन्त्री भट्टले राजीनामा नदिने

काठमाडौं । पूर्व माओवादीका तर्फबाट सरकारमा सहभागी भएका गृहमन्त्री रामबहादुर थापा बादल तथा उद्योगमन्त्री लेखराज भट्टले राजीनामा नदिने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि केही मन्त्रीहरुले सामुहिक राजीनामा दिने घोषणा गरेको भए पनि गृहमन्त्री बादल तथा उद्योगमन्त्री भट्टले राजीनामा नदिने भएका हुन् ।

पूर्व माओवादीबाट सरकारमा सहभागी भएका वनमन्त्री शक्तिबहादुर बस्नेत, उर्जामन्त्री वर्षमान पुन, तथा खानेपानीमन्त्री बिना मगर सहित पूर्व एमालेका तर्फबाट कृषिमन्त्री बनेका घनश्याम भुसालले राजीनामा दिने तयारी गरेका छन् ।

कमेन्टहरु
Loading...