गन्थन डेस्क ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेसंगै नेपाली राजनीतिमा तरंग पैदा भएको छ ।
उनको यो सिफारिसलाई आफ्नै दलका नेता, कार्यकर्ताले समेत विरोघ गरेका छन् ।
नेकपाको युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपसिखा’ ले प्रधानमन्त्री ओलीको यो निर्णयको विरोध गर्दै सम्पूर्ण युवाहरुलाई एकजुट हुन आह्वान गरेका छन् । संसद विघटनका विरुद्धमा उनले सामाजि सञ्जाल फेसबुकमार्फत् संसद विघटनका विरुद्ध सडकमा आउन आह्वान गरेका हुन् ।
त्यस्तै युवा नेता अनेरास्ववियुका केन्द्रीय सदस्य क्षितिज सापकोटा समेत प्रधानमन्त्री ओलीको कदमलाई कडा रुपमा प्रतिवाद गर्न आग्रह गरेका छन् । उनले पनि सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओली विरुद्धको कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् ।
प्रधानमन्त्रीको विरोघमा गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री किरण गुरुङले आत्मघाती बाटो नरोज्न आग्रह गरेका छन् । उनले फेसबुकमार्फत् पार्टी एकतालाई जसर्री भएपनि जोगान आग्रह गरेका छन् । देशलाई बर्बाद् हुनबाट जोगाउनु अहिलेको समयमा निकै महत्वपूर्ण कार्य भएको उनको भनाई रहेको छ ।