काठमाडौं । संसद विघटन गर्ने मन्त्रिपरिषद्को सिफारिसप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति प्रकट गरेको छ । कांग्रेसले संसद विघटनको प्रस्तावलाई राजनीतिक रुपले नै प्रतिवाद गर्ने प्रतिक्रिया दिएको हो ।
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गर्नु अधिनायकवादी, आकांक्षाको निर्णय तथा अविवेकको प्रस्ताव भएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।
यो निर्णयको आफ्नो पार्टीले कडा प्रतिवाद गर्ने समेत उनले चेतावनी दिएका छन् ।