दशौं लेखनाथ महोत्सवमा स्टल राख्ने व्यवसायी उत्साही, न्यानो लत्ताकपडाको कारोबार

धिरज र अन्जुपन्त मंगलबार नचाउने
लेखनाथ, १ पौष

कास्कीको लेखनाथ भण्डारढिक स्थित प्रस्तावित रंगशालामा जारी दशौं लेखनाथ महोत्सवमा सोमबार मात्रै एक करोड रुपैयाको कारोबार भएको छ । यस्तै महोत्सवमा २५ हजार दर्शकले अवलोकन गरेका छन् । यसपटक महोत्सवमा न्यानो लत्ताकपडाको कारोबार राम्रो भएको छ । चिसो मौसमको शुरुवातसँगै महोसत्सव संचालन भएकाले ग्रामिण क्षेत्रका वासिन्दाले समेत घरायसी लत्ताकपडाको खरिद गर्ने गरेका छन् ।lekhanath festivalकाठमाण्डौं देखी लेखनाथ महोत्सवमा स्टल राख्न आएका सिद्धबाबा इन्टर प्राइजेजका विष्णु पाण्डेले दर्शकहरुले व्याङकेट र सिरकमा रुची राख्ने गरेको बताए । उनले सरदरमा दैनिक एक लाख रुपैयासम्मको कारोबार हुने गरेको वताए । पाण्डेले भने—“जाडो मौसम भएकाले पनि होला, न्याना कपडाहरुको कारोबार सोचेभन्दा राम्रो भएको छ ।” यस्तै लेखनाथकै रिसर्च फेन्सीका शिवप्रसाद भण्डारीले पनि दर्शकहरुले ज्याकेट, टोपी लगायतका न्यायो कपडाको व्यापार राम्रो रहेको वताए । भण्डारीले पनि दैनिक ५० हजार भन्दा माथिको कारोबार भएको जानकारी दिए ।

महोत्सवमा कृषिजन्य उत्पादन पनि दर्शकहरुको रोजाईमा परेका छन् । दैनिक घरायसी प्रयोजनका ताजा तरकारीको व्यापार समेत राम्रो भएको छ । यस्तै कृषकहरुले विउ विजन र कृषि उत्पादनको वृद्धिका बारेमा परामर्श लिने गरेको जनप्रिय कृषि सामाग्री विक्री भण्डारका प्रोपाइटर कृष्ण प्रसाद तिवारीले जानकारी दिए । उनले सिजन अनुसारको खेती आलु, काउली, वन्दा लगायतमा लाग्ने रोग, उत्पादन वृद्धिका उपायका विषयमा समेत कृषकहरुले परामर्श लिने गरेको समेत तिवारीले जानकारी दिए ।

यस्तै रत्ननगर नगरपालिका २ टाँडी चितवनका व्यवसायी रामप्रसाद गौतमले दुग्धजन्य पदार्थका उत्पादनले महोत्सवमा राम्रो स्थान पाएको उल्लेख गरे । उनले दैनिक ३० हजार रुपैयाको कारोबार हुने गरेको वताए । चितवन, वुटवल र लेखनाथमा हुने महोत्सवमा आफ्नो कारोबार राम्रो हुने गरेको गौतमले जानकारी दिए । महोत्सवमा विभिन्न वित्तिय संस्थाहरुले समेत स्टल राखेर ग्राहकसँग जनसम्पर्क वढाउन अन्तरक्रिया र परामर्श सेवा दिईरहेका छन् । उनिहरुले महोत्सवबाटै लगानी विस्तार गर्न ग्राहकहरुलाई आकर्षण गरिरहेका छन् ।

एपेक्स डेभलपमेन्ट वैंक तालचोक शाखाका कर्जा अधिकृत पुष्पमणि भण्डारीले महोत्सव पनि व्यवसाय प्रवद्र्धनका लागि एउटा राम्रो स्थल भएको उल्लेख गरे । उनले भने—“महोत्सवमा झण्डै एक दर्जन बैक तथा वित्तिय संस्थाहरु आफ्ना आकर्षक प्याकेजहरुका साथ प्रस्तुत भएका छन् ।” यस्तै आयोजकले महोत्सवमा दर्शकको मनोरञ्जनका लागि विभिन्न विधाका राष्ट्रिय तथा स्थानीय स्तरका कलाकार समेत स्टेजमा उतार्ने गरेका छन् । सोमबार मात्रै चर्चित लोकदोहोरी गायक बद्री पगेनीले आफ्नो गायन प्रस्तुत गर्दा दर्शकहरु झुमेका थिए ।

महोत्सवमा आधुनिक तथा पप तर्फ प्रमोद खरेल र धिरज राईले दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए । महोत्सवकै अर्को आकर्षण गायन प्रतियोगिता गण्डकी तारामा १५ जना छनौटमा परेका छन् । प्रतियोगितामा ए.वि संकल्प, सुजित परियार, एलविन थापा, विक्रम थापा, रोशनी गुरुङ्ग, सन्तोष गुरुङ्ग, सुविन सेन्चुरी, किसान नेपाली दोश्रो चरणमा प्रवेश गरेका छन् । यसैगरी ओम गुरुङ्ग, सुरज थापा मगर, रत्न गुरुङ्ग, कल्पना मगराती, इश्वर मगिया, रिता बराईली र आयुष परियार दोश्रो चरणका लागि छनौट भएका छन् ।

यस्तै विद्यालयस्तरिय लोक नृत्य तारापुञ्जमा तिन विद्यालयका विचमा भएको प्रतिस्पर्धामा कन्चनजंगा वोर्डिङ स्कुल पोखरा फुलबारी फाइनलमा प्रवेश गरेको छ । महोत्सवमा मंगलबार मिस किरातका प्रतिस्पर्धीहरु स्टेजमा उत्रने भएका छन् । किरातहरुको प्रमुख चाड उधौलीका अवसरमा प्रतियोगिताका टप टेनका प्रतिस्पर्धीबाट मिस किरातको घोषणा गरिने जनाइएको छ । मंगलबार लोकदोहोरी तर्फ वद्री पगेनी, पुरुषोत्तम न्यौपाने, पशुपति शर्मा, राधिका हमाल लगायतको सांगितिक प्रस्तुती रहने छ ।

पप तथा आधुनिक गायनका हस्तीहरु धिरज राई र अन्जु पन्तले पनि दर्शकलाई गित संगितबाट मनोरञ्जन दिलाउने भएका छन् ।सार्वजनिक विदाको दिन परेकाले दर्शकहरुको रुचीलाई ध्यान दिदै आयोजकले हाँस्यव्यङ्ग तर्फ जिरे खुर्सानीका कलाकारहरु शिवहरी शर्मा मुखमा हान्नु जस्तो, किरण केसी राता मकै र जेठी श्रीमतीको समेत प्रस्तुती रहने व्यवस्था मिलाएका छन् ।

कमेन्टहरु
Loading...