१० औं एन–प्याब्सान स्पोर्टस् मिटमा फुटबल खेल जारी,आदर्श, बड्स एकेडेमी, सिद्धिविनायक, कास्की मोडनाइज र चिल्ड्रेन्स एकेडेमी छात्रातर्फको क्वाटरफाइनलमा

पोखरा,१पुस। नेशनल प्याब्सान कास्कीको आयोजनामा आगामी पुस ३ देखि ५ गतेसम्म पोखरामा सञ्चालन हुने १० औं एन–प्याब्सान स्पोर्टस् मिट–२०७० अन्तर्गत सोमबार छात्रतर्फ हेमजा बोर्डिङ स्कुल, पोखरा क्याम्ब्रिज स्कुल, साइनिङस्टार बोर्डिङ स्कुल, अञ्जुली बोर्डिङ स्कुल, युनिभर्स बोर्डिङ स्कुल, एलपी देवकोटा मेमोरियल स्कुल र बागमारा एकेडेमी विजयी भएका छन्। जीतसँगै आदर्श, बड्स एकेडेमी, सिद्धिविनायक, कास्की मोडनाइज, चिल्ड्रेन्स एकेडेमी क्वाटरफाइनल तथा हेमजा, गोर्खा, लेखनाथ मेमोरियल, युनिभर्स, न्यू ग्यालेक्सी र अक्सफोर्ड प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्।
छात्रातर्फ आदर्श बोर्डिङ स्कुल, बड्स एकेडेमी, सिद्धिविनायक बोर्डिङ स्कुल, कास्की मोडनाइज एकेडेमी, चिल्ड्रेन्स एकेडेमी, गोर्खा बोर्डिङ सकुल, अञ्जुली बोर्डिङ स्कुल र न्यू ग्यालेक्सी पब्लिक स्कुल विजयी भएका छन्। सोमबार पोखरा रड्डशालामा भएको छात्रतर्फको पहिलो खेलमा हेमजा बोर्डिङ स्कुलले शान्तिबाटिका स्कुललाई ३–१ ले पराजित ग¥यो। दोस्रा खेलमा पोखरा क्याम्ब्रिज स्कुलले ज्ञानज्योति विद्याकुञ्जलाई टाइब्रेकरमा ६–५ ले पराजित ग¥यो।निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो।

तेस्रो खेलमा साइनिङस्टार बोर्डिङ स्कुलले न्यू लेखनाथ पब्लिक स्कुललाई २–०, चौथो खेलमा अञ्जुली बोर्डिङ स्कुलले न्यू ग्यालेक्सी पब्लिक स्कुललाई २–० ले पराजित ग¥यो। पाँचौं खेलमा युनिभर्स बोर्डिङ स्कुलले लेखनाथ मेमोरियल स्कुललाई टाइब्रेकरमा ५–४ ले पराजित ग¥यो। निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो। छैटौं खेलमा एलपी देवकोटा मेमोरियल स्कुलले बड्स एकेडेमीलाई टाइब्रेकरमा ४–३ ले पराजित ग¥यो। निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो। सातौं खेलमा बागमारा एकेडेमीले वेस्टपोइन्ट स्कुललाई १–० ले पराजित ग¥यो।

पोखरा–१३ माछापोखरीमा भएको छात्रातर्फको पहिलो सेभेन–ए–साइड खेलमा आदर्श बोर्डिङ स्कुलले ज्ञानज्योति विद्याकुञ्जलाई १–०, दोस्रो खेलमा बड्स एकेडेमीले पोखरा क्याम्ब्रिज स्कुललाई १–०, तेस्रो खेलमा सिद्धिविनायक बोर्डिङ स्कुलले मर्निङग्लोरी स्कुललाई २–१, चौथो खेलमा कास्की मोडनाइज एकेडेमीले रत्नज्योति बोर्डिङ स्कुललाई २–० ले पराजित ग¥यो। पाँचौं खेलमा चिल्ड्रेन्स एकेडेमीले कान्तिपुर एकेडेमीलाई टाइब्रेकरमा ३–१ ले पराजित ग¥यो।निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो। छैटौं खेलमा गोर्खा बोर्डिङ स्कुलले हावर्ड एकेडेमीलाई टाइब्रेकरमा १–० ले पराजित ग¥यो।निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो।

सातौं खेलमा युनिभर्स बोर्डिङ स्कुलले अञ्जुली बोर्डिङ स्कुललाई १–० तथा आठौं खेलमा न्यू ग्यालेक्सी पब्लिक स्कुलले द वीज्डम कास्कीलाई १–० ले पराजित ग¥यो।मड्डलबार छात्रतर्फ आठ तथा छात्रातर्फ पाँच खेल हुनेप्रचार–प्रसार उपसमितिका संयोजक मनकाजी गुरुङले जानकारी दिए। उद्घाटन समारोह भने पुस ३ गते हुनेछ। पोखरा रड्डशालामा हुने छात्र फुटबलमा ३१ टीमको सहभागिता रहेको छ भने पोखरा–१३ माछापोखरीमा हुने छात्रा फुटबलमा २७ टीमको सहभागिता रहेको छ।दुवै विधाका फाइनल खेल पुस ५ गते हुनेछन्।प्रतियोगितामा ४० विद्यालयका दुई हजार पाँच सय भन्दा बढी खेलाडीको सहभागिता रहनेछ।

कमेन्टहरु
Loading...