पोखरा ०१ पौष/तमु ल्होसारको अवसरपारी पोखरा १० रामघाट बुद्ध शान्तिमार्गमा रहेको टांसी छ्योएलिङ गुम्बामा कङ्गयू् पाठ तथा तानाघोसुम पुजा शुरु भएको छ । विगत १२ वर्षदेखि ल्होसारको अवसरमा आयोजना गर्दै आएको पुजालाइ यसवर्षपनि निरन्तरता दिएको हो ।
नेपाल प्रहरीका एसपी राजेन्द्र गुरुङ्गले दिप प्रज्वलन गरी पुजाको उद्घाटन गरेका हुन । कार्यक्रमको उद्घाटन गर्दै गुरुङ्गले विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि ल्होसारको अवसरमा आयोजित कार्यक्रमले सम्पूर्ण बुद्धधर्मावलम्बीहरुमा सुख सम्बृद्धिको कामना गरे । उनले भने विगत १२ वर्षदेखि निरन्तर रुपमा ल्होसारको अवसरमा आयोजना गर्दै आएको कङ्गयूर पाठ तथा तानागघोसुम पुजा जस्तो पवित्र कार्यले सम्पूर्ण तमुहरुमा एकता तथा सद्भाव कायम गर्नेछ ।
विभिन्न ३ जनावारहरुको टाउकोको प्रतिमाको पुजा गरी तानागघोसुम पुजा तथा बुद्धग्रन्थ त्रिपिठक कङ्गयूर पाठ गराइ सोमबार देखि १० दिन सम्म ल्होसार पर्व मनाइने गुम्बाका लामागुरु आम्ची गोपाल लामाले वताए । लामा गोपालले भने विगतका वर्षमा जस्तै यो वर्ष त ल्हो घोडा वर्ग हुनेहरुका हुने विभिन्न अशुभ कार्यहरुबाट छुट्कारा पाओस भन्नका लागी हिंस्रक जनावार बाघ , घमण्डी सांढे र फोहोरी जनावार सुँगुरको टाउकोको प्रतिमा बनाइ १० दिन सम्म पुजा गर्नुका साथै बुद्धग्रन्थ कङ्गयूर पाठ गरिन्छ । पुजा सम्पन्न गर्नका लागी नेपालका विभिन्न जिल्लाहरुका ५० जना लामाहरुद्धारा दैनिक कङ्गयूर पाठ गराइने समेत उनले वताए ।
विगत १२ वर्षदेखि ल्होसारको अवसरमा आयोजना गरिने कङ्गयूर पाठ वाचनलाइ यसवर्षपनि निरन्तरता दिइएको उतm कार्यक्रममा नेपाल लामा संघको नेतृत्व र घान्दु्रक ब्रेज मेश्रो तमु समाज, आठ भाइ बाह्र घर प्ल्हनेरो भाइखलकको सहयोग रहेको अर्का लामा गुरु मीन गुरुङ्गले वताए ।
विश्वमा घटिरहेको हत्या हिंसा र आतंकको अन्त्य भइ विश्वमा शान्ति फैलियोस र वर्तमान असहज परिस्थितीको अन्त्य भइ दिगो शान्तिको स्थापना होस भन्ने मुल उद्देश्यका साथ आफुहरुले विगतका वर्षहरुदेखि ल्होसारको अवसर कङ्गयूर पाठ तथा तोनागघोसुम पुजा गर्दै आएको गुम्बाले जनाएको छ ।
१० दिन सम्म चल्ने उतm पुजामा पुस १० गते नमोबुद्ध काभ्रेका परम्पुज्य ढुल्कु धम्छे रिम्पोछेबाट आयु छेवाङ अभिषेख गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । कार्यक्रममा दैनिकजसो कङ्गयूर पाठ र साझ ३ देखि ४ वजे सम्म कुरिम तथा ङोवा मलम मृतआत्माको चिरशान्तिको लागी मोन्लम गरिने आयोजकले जनाएको छ ।