गुरुकुल उच्च मा. वि का विद्यार्थीद्धारा अनाथ बालबालिकालाई सहयोग

गुरुकुल उच्च मा. वि नयाँबजार पोखराको कक्षा ६ मा अध्ययनरत विद्यार्थीद्धारा विद्यालय परिवारको सहयोगमा अनाथ बालबालिकालाई सहयोग स्वरुप राहत वितरण गरेका छन् । रामबजार १५ लक्ष्मी टोलमा अवस्थित आर्चेन्सियल चिल्डे«न्स होमका अनाथ बालबालिकालाई सहयोगार्थ लत्ता कपडा, फलफूल एवम् आर्थिक सहयोग समेत सो अवसरमा वितरण गरिएको थियो ।

gurukulकक्षा ६ का कक्षा शिक्षक अमर कुमार पुन र विद्यार्थीहरुले उक्त चिल्डे«न्स होमका संरक्षक जितेन्द्र बुर्जा र कृपा बुर्जा एवम् त्यहाँका अनाथ बालबालिकालाई सहयोग रकम र अन्य सामाग्री हस्तान्तरण गरेका थिए । उक्त चिल्डे«न्स होमका बालबालिकाले सहयोगको खुसीयालीमा नाचगान एवम् खाजाको समेत व्यवस्था गरेका थिए ।

कमेन्टहरु
Loading...