१० औं एन–प्याब्सान स्पोर्टस् मिटमा फुटबल खेल सुरु

पोखरा, ३० मङ्सिर।नेशनल प्याब्सान कास्कीको आयोजनामा आगामी पुस ३ देखि ५ गतेसम्म पोखरामा सञ्चालन हुने १० औं एन–प्याब्सान स्पोर्टस् मिट–२०७० अन्तर्गत आइतबारदेखि छात्रछात्रा फुटबल खेल सुरु भएको छ। आइतबार भएको छात्रतर्फको पहिलो खेलमा चिल्ड्रेन्स एकेडेमीले सिद्धिविनायक बोर्डिङ स्कुललाई ४–०, दोस्रो खेलमा हावर्ड एकेडेमीले राइजिङ स्टार एकेडेमीलाई ३–१, तेस्रो खेलमा दि वीज्डम स्कुलले त्रिवेणी पब्लिक स्कुललाई ४–०, चौथो खेलमा अक्सफोर्ड स्कुलले गोर्खा बोर्डिङ स्कुललाई ४–० ले पराजित ग¥यो।

यस्तै पाँचौं खेलमा लिटिल Çलावर स्कुलले पायोनियर एकेडेमीलाई ५–०, छैटौं खेलमा कान्तिपुर एकेडेमीले डायमण्ड मोडल स्कुललाई १–०, सातौं खेलमा आदर्श बोर्डिङ स्कुलले रत्नज्योति बोर्डिङ स्कुललाई ४–१ तथा आठौं खेलमा कास्की मोडनाइज एकेडेमीले मर्निङग्लोरी स्कुललाई ७–० ले पराजित ग¥यो।

छात्रातर्फको पहिलो खेलमा ज्ञानज्योति विद्याकुञ्ज स्कुलले मागमारा एकेडेमीलाई २–१, दोस्रो खेलमा पोखरा क्याम्ब्रिज स्कुलले सिद्धार्थ लवडेललाई १–०, तेस्रो खेलमा वड्स एकेडेमीले राइजिङ स्टार एकेडेमीलाई २–०, चौथो खेलमा मर्निङग्लोरी स्कुलले डायमण्ड मोडल स्कुललाई ३–२, पाँचौं खेलमा रत्नज्योति बोर्डिङ स्कुलले वेस्ट पोइन्ट स्कुललाई ३–२, छैटौं खेलमा कास्की मोडनाइज एकेडेमीले एलपी देवकोटा मेमोरियल स्कुललाई २–०, सातौं खेलमा चिल्ड्रेन्स एकेडेमीले न्यू लेखनाथ पब्लिक स्कुललाई ३–० ले पराजित ग¥यो। आठौं खेलमा हेमजा बोर्डिङ स्कुलले शान्तिबाटिका स्कुलबाट वाकओभर पाएको प्रतियोगिता संयोजक हिमाल गुरुङले जानकारी दिए।सोमबार छात्रतर्फ सात तथा छात्रातर्फ आठ खेल हुनेछन्।

उद्घाटन समारोह भने पुस ३ गते हुनेछ। पोखरा र·शालामा हुने छात्र फुटबलमा ३१ टीमको सहभागिता रहेको छ भने पोखरा–१३ कमलपोखरीमा हुने छात्रा फुटबलमा २७ टीमको सहभागिता रहेको छ।दुवै विधाका फाइनल खेल पुस ५ गते हुनेछन्। स्पोर्टस् मिटअन्तर्गत यसवर्ष छात्रतर्फ इलेभेन–ए–साइड फुटबल तथा छात्रातर्फ सेभेन–ए–साइड फुटबल, छात्रछात्रा ब्याडमिन्टन (सि·लमात्र), छात्रछात्रा बास्केटबल तथा एथलेटिक्सका खेल हुने प्रचार–प्रसार उपसमितिका संयोजक मनकाजी गुरुङले जानकारी दिए। प्रतियोगितामा ४० विद्यालयका दुई हजार पाँच सय भन्दा बढी खेलाडीको सहभागिता रहनेछ।

प्रतियोगिता सम्पन्न गर्न एन–प्याब्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीको संयोजकत्वमा १५ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न १२ वटा उपसमिति चयन गरिएको छ। नवौं एन–प्याब्सान स्पोर्टस् मिटको च्याम्पियन कास्की मोडनाइज एकेडेमी हो।

कमेन्टहरु
Loading...