३२ औं ब्याच सेकेण्ड डान तथा ३६ औं ब्याच फस्ट डान तेक्वान्दो बेल्ट ग्रेडिङ

पोखरा, २९ मङ्सिर। कास्की जिल्ला तेक्वान्दो सङ्घको कार्यक्रमअनुसार ३२ औं सेकेण्ड डान तथा ३६ औं ब्याच फस्ट डानको बेल्ट ग्रेडिङ शनिबार पोखरामा सम्पन्न भयो।

सङ्घका सचिव प्रेमनारायण न्यौपाने र प्रशिक्षक सुनबहादुर लामाको उपस्थितिमा भएको सो ग्रेडिङमा कास्की जिल्ला तेक्वान्दो सङ्घको मातहतमा सञ्चालित यासुदा तेक्वान्दो डोजाङ, पोखरा तेक्वान्दो डोजाङ, बाराही तेक्वादो स्कुल, गुडसेफर्ड तेक्वान्दो स्कुल, पार्दी तेक्वान्दो स्कुल, युनिभर्स तेक्वान्दो स्कुल, राम तेक्वान्दो स्कुल, फिस्टेल तेक्वान्दो स्कुल र अमरसिंह तेक्वान्दो स्कुलका प्रशिक्षार्थीको सहभागिता रहेको थियो।

सेकेण्ड डानको लागि चार जना, फस्ट डानको लागि आठ तथा रेड ब्ल्याक बेल्टतर्फ १७ गरी २९ जनाको सहभागिता रहेको ग्रेडिङमा सहायक प्रशिक्षक बलराम लामा, ललितबहादुर धामी, कुमार गुरुङ, प्रितम कुँवर, अरुण माझी, निशान कार्की र विकास गुरुङले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

कमेन्टहरु
Loading...