१० औं एन–प्याब्सान स्पोर्टस् मिटमा आजदेखि फुटबल खेल सुरु हुने

पोखरा, २९ मङ्सिर।नेशनल प्याब्सान कास्कीको आयोजनामा आगामी पुस ३ देखि ५ गतेसम्म पोखरामा सञ्चालन हुने १० औं एन–प्याब्सान स्पोर्टस् मिट–२०७० अन्तर्गत आइतबारदेखि छात्रछात्रा फुटबल खेल हुँदैछन्।

उद्घाटन समारोह भने पुस ३ गते हुनेछ। टीम सहभागिता धेरै भएकोले फुटबलका खेल चार दिनअघि नै खेलाउनुपरेको प्रतियोगिता संयोजक हिमाल गुरुङले जानकारी दिए। पोखरा र·शालामा हुने छात्र फुटबलमा ३१ टीमको सहभागिता रहेको छ भने पोखरा–१३ माछापोखरीमा हुने छात्रा फुटबलमा २७ टीमको सहभागिता रहेको छ।दुवै विधाका फाइनल खेल पुस ५ गते हुनेछन्।आइतबार छात्रतर्फ आठ तथा छात्रातर्फ आठ खेल हुनेछन्।

स्पोर्टस् मिटअन्तर्गत यसवर्ष छात्रतर्फ इलेभेन–ए–साइड फुटबल तथा छात्रातर्फ सेभेन–ए–साइड फुटबल, छात्रछात्रा ब्याडमिन्टन (सि·लमात्र), छात्रछात्रा बास्केटबल तथा एथलेटिक्सका खेल हुने प्रचार–प्रसार उपसमितिका संयोजक मनकाजी गुरुङले जानकारी दिए। प्रतियोगितामा ४० विद्यालयका दुई हजार पाँच सय भन्दा बढी खेलाडीको सहभागिता रहनेछ।

प्रतियोगिता सम्पन्न गर्न एन–प्याब्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीको संयोजकत्वमा १५ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न १२ वटा उपसमिति चयन गरिएको छ। नवौं एन–प्याब्सान स्पोर्टस् मिटको च्याम्पियन कास्की मोडनाइज एकेडेमी हो।

कमेन्टहरु
Loading...