हिमालय बचत तथा ऋण सहकारी दोश्रो विशेष साधारण सभा

पोखरा, २९ मंसीर/हिमालय बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेमजाको दोश्रो विशेष साधारण सभा आज सम्पन्न भएको छ । कार्यकक्रममा संस्थाका सल्लाहकार अजूर्न पौडेलले संस्थालाई मजवुद बनाउनका लागि संस्थाका शेयर सदस्यवीच सहकार्यको खाँचो पर्ने बताए ।संस्थाको मंसरि सम्मको वित्तिय विवरण अनुसार ऋण लागनी दुई करोड  सात लाख १९ हजार चार सय १७, निक्षेप संकलन एक करोड ६२ लाख चार हजार चार सय ९२ र शेयर पुजी एक करोड दुइ लाख २५ हजार छ सय रुपैया रहेको छ । साधारण सभामा रु दश लाख मुद्धती जम्म गर्नलाई शेयर सदस्यता दिने, शेयर सदस्यमा न्युनतमा एक लाख देखि तिन लाख सम्म थप गर्ने पारित गरेको छ ।
समान प्रकृतिका धेरै सहकारीहरुको बिचमा अरु सहकारी भन्दा फरक पहिचान र नमुना सहकारी बनाउने उद्देश्यका साथ २६ जना व्यक्तिहरु मिलेर शुरु गरेको यस संस्थामा  हाल पाँच सय ६४ जना शेयर सदस्य रहेका छन् । कार्यक्रममा संस्था सचिव मोतिराज तिमिल्सिनाले संस्थाका वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाको शुरुवातमा नै संस्थाले सोचे भन्दा वढि महत्वपूर्ण उपलब्धिहरु हासिल गरेको छ प्रतिवेद प्रस्तुत गर्दै उनले भने– संस्थालाई अझै मजवुत र वलियो वनाउनका लागि शेयर सदस्यहरुको सहभागिताको आवश्यकता छ । कार्यक्रमममा संस्थाका सहसचिव माधवशरण पौडेल, लेखा समिति सदस्य नवराज त्रिपाठी, शेयरसदस्यहरु भरत गौतम, भरतराज अधिकारी, सम्मरबहादुर श्रेष्ठ लगाएतले बोलेका थिए ।
हिमालय बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेजाका अध्यक्ष कृष्णप्रसाद त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपाध्यक्ष राजेन्द्रबहादुर सापकोटाले स्वागत र सचिव मोतिराज तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...